नियाग्रामा नेपाली समुदायका लागि निःशुल्क कर सेवा शिविर सम्पन्न

नियाग्रामा नेपाली समुदायका लागि निःशुल्क कर सेवा शिविर सम्पन्न

March 28, 2026

नियाग्रा क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै Nepalese in Niagara संस्थाले Canada Revenue Agency (CRA) को Community Volunteer Income Tax Program (CVITP) अन्तर्गत निःशुल्क कर सेवा शिविर सफलतापूर्वक आयोजना गरेको छ।

शिविरमा पहिलो पटक कर भर्ने व्यक्तिहरू, विद्यार्थी, युवा, नवआगन्तुक तथा कम आय भएका समुदायका सदस्यहरूलाई प्राथमिकतामा राखिएको थियो। सहभागीहरूले आवश्यक कागजातसहित उपस्थित भएपछि अनुभवी स्वयंसेवकहरूले निःशुल्क रूपमा सम्पूर्ण कर प्रक्रिया पूरा गरिदिएका थिए।

संस्थाका अध्यक्ष राज शर्मा र महासचिव विजय लम्सालले यस्ता पहलहरूले समुदायमा आर्थिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै, भविष्यमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक निरञ्जन थापाले शिविरको सफलतामा स्वयंसेवकहरूको सक्रिय भूमिका उल्लेख गर्दै, समुदायको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको बताउनुभयो।

कर सेवा शिविरका प्रमुख सम्पर्क व्यक्ति डा. भरत शर्माले नेपाली समुदायमा कर प्रणालीसम्बन्धी जानकारी अझै सीमित रहेको उल्लेख गर्दै, यस्ता निःशुल्क सेवाले आर्थिक प्रणालीमा सहज पहुँच बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउने कर फाइलर तथा स्वयंसेवकहरू—बिध्या भूषण कार्की, इन्दिरा रिजाल, सुजन पन्त, उमेश श्रेष्ठ, सन्तोष न्यौपाने, रत्न तिम्सिना, केशव सिटौला, आर.सी. गिरी, सागर खड्का र ऋचा श्रेष्ठ—प्रति विशेष आभार व्यक्त गरिएको छ। साथै, अन्य बोर्ड सदस्यहरूको सहयोगप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ।

शिविर सञ्चालनका लागि स्थान उपलब्ध गराउनुका साथै स्वयंसेवकहरूलाई आतिथ्यता प्रदान गर्ने Balti Indian Restaurant का सञ्चालक टिकराम निउरेप्रति पनि विशेष धन्यवाद व्यक्त गरिएको छ। यसैगरी, एनआरएनए क्यानडाले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको उल्लेख गरिएको छ।

यस कार्यक्रमले नियाग्रा क्षेत्रको नेपाली समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउनुका साथै भविष्यमा यस्ता सेवामूलक पहलहरूको आवश्यकता अझ बढ्दै गएको संकेत गरेको छ।

Make an Impact, Give Your Time, Change a Life

Lead your community idea to a thriving reality with the help of Nepalese in Niagara.

Get in Touch!

If you're passionate about making a positive impact and giving back to the community, we’d love to hear from you! Get in touch with us today to explore how you can contribute and help create meaningful change. Together, we can make a real difference.